मानिस मात्र होइन सम्पूर्ण प्राणी जगतको जीवन उसको कर्ममा निर्भर रहेको हुन्छ । मानिसको जीवन त अझ उसको कर्म ज्ञान, सङ्कल्प, सहास तथा आचरणमा निर्भर रहेको हुन्छ ।
मानिसले स्वयंलाई नचिनेसम्म उसलाई आफ्नो पूर्ण क्षमताको बारेमा जानकारी हुँदैन । आफूलाई चिन्नु नै त्यो आत्मतत्व हो जसलाई विवेचना गरेर मानिस विश्वासका साथ आफ्नो जीवनलाई निर्देषित गर्न सक्षम हुन्छ ।
सम्पूर्ण प्राणीमध्ये मानिसमा यस्तो विशेषता हुन्छ कि उ आफ्नो विवेकको प्रयोग गरेर जीवनको एक धार निर्धारण गर्न सक्दछ । र, त्यही धारको माध्यमबाट विस्तार विस्तार सफलताको विन्दूतर्फ आफूलाई पुर्याउन सक्षम हुन्छ ।
आफूले आफैंलाई चिन्ने क्षमता नै जीवन–दर्शनको तत्व हो, यसैलाई आत्मतत्व पनि भनिन्छ । यो त्यही ज्ञान हो जसले हामीलाई समाजको लागि आफ्नो शक्ति लगाउने प्रेरणा प्राप्त हुन्छ । ज्ञानेन्द्रीय मनको अधिनमा हुन्छ भने मन बुद्धिको अधिनमा हुन्छ । वुद्धिको सम्बन्ध आत्मासँग हुन्छ जसले संयम रहनका लागि प्रेरणा दिन्छ ।
यो आत्म नै परमात्माको अंश हो । शास्त्रका अनुसार राम, कृष्ण, बुद्ध, महावीर स्वामी आदि मानव शिशुको रुपमा जन्म दिएर बालक जस्तै गरी आम मान्छेले जस्तै आफ्नो आत्माको विकास गरी महात्मा वा परमात्मा बनेका थिए ।
आत्म नित्य एवं शाश्वत हुन्छ । भनिन्छ आत्म फूलभन्दा पनि बढी सुगन्धित हुन्छ । जसले फूलमा सौन्दर्य र सुगन्ध मिसाउने क्षमता राख्छ । एक आत्मले आफू वरिपरिको वातावरण नै आनन्दित बनाउन सक्छ ।
जीवनदर्शनको मूल तत्वले कर्तव्य पालनलाई नै बढ्ता महत्व दिन्छ । आत्म सबैको शरीरमा हुन्छ र, यो उत्तिकै शक्तिशाली हुनछ । यो ईश्वरको वरदान पनि हो । ईश्वरले कसैलाई शक्तिशाली र कसैलाई कमजोर बन्ने वरदान दिँदैनन् । किनकी ईश्वरका लागि सबै समान हुन् ।
यसर्थ आफ्नो आत्मको शक्तिलाई पहिचान गर्नुस् र आफ्नो शक्तिलाई पहिचान गर्नुस् । असल र राम्रो काम लगनपूर्वक गर्दै जानुस् । हुनसक्छ केही समय सफल हुन नसक्नुहोला । तर, निरन्तरको प्रयासले सफलता अवस्य हात पर्ने छ ।
- एजेन्सीहरूको सहयोगमा
यो पनि पढ्नुहोस् ।
रिसले ज्ञानको बाटो थुन्छ, ज्ञानी बन्ने हो भने रिसमाथि नियन्त्रण गर्नुस्
हामी खुसी हुन चाहन्छौं तर खुसी हुन सक्दैनौं, किन ?
केहि मनछुने भनाइ जसले तपाईंलाई उत्प्रेरणा दिन सक्छ