एजेन्सी । विहान विहान तपाईंले पनि मानिसहरु खुलेर हासिरहेको देख्नु, सुन्नु भएको होला । खासगरी मार्निङवाक् जाने या योगा गर्नेहरु हास्नुलाई नियमित कार्यका रुपमा लिन्छन् र खुलेर हास्ने अभ्यस गर्दछन् ।
के उनीहरु त्यत्तिकै त्यसरी हासेका हुन् त ? पक्कै पनि होइन । उनीहरु त्यसरी खुलेर हास्दा शरीरलाई फाइदा पुग्ने भएकैले हासेका हुन् ।
कतिपयले हास्नुलाई ‘बेस्ट मेडिसिन’ अर्थात् उत्तम औषधि पनि भनेका छन् । किनकी यसले थुप्रै मानसिक समस्या समाधानमा सहयोग पुर्याउँदछ ।
जब हामी हस्छौं तब हाम्रो मस्तिस्कको तमाम मांसपेशी सक्रिय हुन्छन् । जसका कारण रक्तसञ्चारमा सकारात्मक प्रभाव पर्दछ । त्यसो भएपछि हाम्रो शरीरमा पर्याप्त मात्रामा अक्सिजन पुग्न थाल्दछ ।
त्यतिमात्र होइन खुलेर हास्नुका अरु थुप्रै फाइदाहरु छन् । जसले स्वास्थ्यलाई फाइदा पुर्याउँदछ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
१. हृदयघात
हास्दा हृदय अर्थात् मुटुको पनि एक्सरसाइज हुन्छ । उपयुक्त रक्तसञ्चार हुन्छ । हास्दा शरीरबाट एन्डोर्फिन नामक रसायानको निस्कासन हुन्छ, जसका कारण हृदय अर्थात् मुटुलाई मजबुत बन्न सहयोग पुग्छ ।
केही शोधले त हास्दा हृदयघातको सम्भावना पनि कम हुने दाबी गरेका छन् ।
२. डिप्रेसनमा कमी
तनाव तथा डिप्रेसन जस्ता मानसिक समस्या मस्तिष्कमा हुने रासायनिक विकारका कारण हुन्छ । जसका कारण मानिस धेरै उदास तथा मानसिक रुपमा थकित महशुस गर्दछ ।
यस्ता समस्यासँग लड्नका लागि हासोले औषधिको काम गर्छ । हासोका कारण तनाव तथा डिप्रेसनसँग सम्बन्धित हार्मोनको स्राव नियमित रुपमा हुन्छ । जसका कारण मानिस तनाव तथा डिप्रेसनबाट मुक्त रहन्छ ।
३. सामाजिक समस्यामा सहयोगी
मानसिक विकारको एक प्रकार जसमा व्यक्ति घरभन्दा बाहिर जाँदा वा केही कुरासँग या भीडभाडमा डराउने हुन्छ । यस्ता विकारबाट मुक्ति पाउन सो व्यक्ति घरभित्र एक्लै बस्न रुचाउँछ ।
यस्ता मानिसक समस्यासँग लड्नका लागि हासोलाई औषधिका रुपमा नै लिइन्छ । यस्ता व्यक्तिलाई ‘लाफ्टर थेरापी’ पनि दिइन्छ । जसमा नाटक, टिभी कार्यक्रम, चुटकिला या अन्य तरिका अपनाइन्छ जसका कारण सो व्यक्ति हास्न सकोस् ।
४. शान्ति
जब हामी हास्छौं तब हाम्रो शरीरले एन्ड्राफिन नामक रसायान छाड्छ । जुन हाम्रो शरीरका लागि राम्रो हो । यसो हुँदा शान्ति महशुस हुन्छ ।
५. निन्द्राको लागि
यदि कसैलाई राति सुत्दा राम्रोसँग निन्द्र आउँदैन भने उसका लागि हास्नु फाइदाजनक हुन्छ । किनकी हास्दा धेरै मस्तिस्कमा मेलाटोनिन नामक रसायानको स्राव हुन्छ जुन निन्द्राको लागि आवश्यक हुन्छ ।
६. युवा देखिनका लागि
प्रत्येक दिन हासिरहनुलाई धेरै राम्रो मानिन्छ । यसकारण पनि कि हासोका कारण हाम्रो अनुहारका १५ प्रकारका मांशपेशी एकसाथ काम गर्न थाल्छन् ।
हासोकै कारण अनुहारमा रक्तसञ्चार राम्रो तरिकाले हुन्छ । जसले अनुहारमा ताजगी र निखार आउँछ । जसले युवा देखिनमा धेरै फाइदा पुग्दछ ।
७. रोग प्रतिरोधी क्षमताका लागि
एक अनुसन्धानका अनुसार अक्सिजनको उपस्थितिमा थुप्रै प्रकारका हानिकारक ब्याक्टोरिया तथा हानिकारक कोशिका नष्ट हुन्छन् । र, हाँस्दा अधिक मात्रामा अक्सिजन मिल्दछ । जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
हास्नुका यस्ता उपयोगी कुरा थाहा पाएपछि अब तपाइँ पनि खुलेर हास्ने होइन त ?
यो पनि पढ्नुहोस् ।