काठमाडौं । मानिस समाजमा रहन्छ । यसकारण समाजप्रति मानिसको दायित्व पनि रहेको हुन्छ । मानिसले आफ्नो अस्तित्व समाजसँग जोडिएको छ न कि समाजको अस्तित्व आफूसँग भन्ने तथ्य कहिल्यै पनि भुल्नु हुँदैन ।
जो मानिस समाजसँग अलग–थलग भएर चल्दछ उसले जीवनभर कठिनाईको सामना गर्नुपर्ने हुन्छ । समाजभन्दा अलग रहेर मानिसको जीवन सुखदायी हुन सक्दैन ।
तर, जब मानिस समाजसँग चल्न सुरु गर्छ त्यसपछि उसका कतिपय समस्याहरु आँफै समाधान हुन्छन् भने कतिपय समस्या अरुको सहयोगमा समाधान हुन्छन् ।
त्यसैले सामाजिक भएका कारणले नै प्रत्येक व्यक्ति हाम्रो समस्या तथा चिन्ताको समाधान खोज्न प्रयास गरिरहेका हुन्छन् ।
त्यसैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर जनहित र लोककल्याणका बारेमा सोच्नु र त्यसअनुरुपको आचरण बनाउनु प्रत्येक व्यक्तिको कर्तव्य हो ।
जब हामी अरुको दुःखको बारेमा सोच्छौं र त्यसलाई पार लगाउने उपाय खोज्छौं भने दोहोरो लाभ हुन्छ । यसबाट आत्मसन्तुष्टिको आभाष हुन्छ भने र भविष्यमा आउने कष्टबाट पनि कम पीडा हुनसक्छ ।
जनहित र लोककल्याणको कार्यबाट व्यक्तिले जति मानिसहरुलाई प्रभावित र लाभान्वित बनाउँछौं बदलामा प्यार, स्नेह तथा आशिर्वाद प्राप्त हुन्छ ।
दुःख र दर्द सबै व्यक्तिको जीवनमा आइ नै रहन्छ । तर जो व्यक्ति आफ्ना दुःख र समस्यालाई नै ठूलो ठान्छ भने उसबाट लोकहित र जनकल्याणका कार्य हुन सम्भव छैन ।
यसविपरित जो व्यक्ति अरुको दुःखलाई पनि आफ्नै दुःख सम्झन्छ भने उसले लोकहित र जनकल्याणका क्षेत्रमा उल्लेख्य काम गर्न सक्दछ । यस्ता मानिसहरुले नै समाजका अरुहरुबाट माया, स्नेह, आशिर्वाद प्राप्त गरिरहन्छ ।
यो पनि पढ्नुहोस् ।
रिसले ज्ञानको बाटो थुन्छ, ज्ञानी बन्ने हो भने रिसमाथि नियन्त्रण गर्नुस्
हामी खुसी हुन चाहन्छौं तर खुसी हुन सक्दैनौं, किन ?
केहि मनछुने भनाइ जसले तपाईंलाई उत्प्रेरणा दिन सक्छ
एक आत्मले आफू वरिपरिको वातावरण नै आनन्दित बनाउँछ