जीवन परिवर्तन गर्ने गौतम बुद्धका अनमोल विचार
भगवान गौतम बुद्धलाई बौद्ध धर्मका प्रवर्तक मानिन्छ । उनीले नै बौद्ध धर्मको स्थापना गरेका हुन् । गौतम बुद्धको जन्म लुम्बिनीको कपिलवस्तुमा भएको हो ।
गौतम बुद्ध राजा शुद्धोधनका पुत्र हुन् । उनको नाम सिद्धार्थ गौतम हो । राजसी महलमा हुर्किए बढे पनि गौतम बुद्ध गहन विचारका धनी थिए । उनी राजपाठा छाडी ज्ञान मार्गको खोजीमा निस्किए । उनले वर्षौँ तपस्या गरे ।
वर्षौँको तपस्यापछि उनलाई ज्ञान प्राप्त भयो । त्यसपछि उनले बौद्ध धर्मको प्रचार सुरु गरे । उनले मानिसहरूलाई सत्य र अहिंसाको मार्गमा अग्रसर गराए ।
प्रस्तुत छ गौतम बुद्धका अनमोल विचारः
- तीन कुरा धेरै बेरसम्म लुकिरहन सक्दैनन्– सूर्य, चन्द्रमा र सत्य ।
- तपाईंको मन नै सबैथोक हो । तपाईं जस्तो सोच्नुहुन्छ त्यस्तै बन्नुहुन्छ ।
- प्रसन्नताको कुनै पनि मार्ग छैन । तर, प्रसन्न रहनु आफैँमा एक मार्ग हो ।
- तपईं क्रोधित भएबापत दण्ड दिइएको होइन । तर, क्रोध आफैँ एक दण्ड हो ।
- जे वितिसकेको छ त्यसको बारेमा चिन्ता नलिनुस् । जो भविष्य हो उसको बारेमा सपना नदेख्नुस् । केवल वर्तमानमा आफ्नो ध्यान केन्द्रित गर्नुस् ।
- तपाईं पूरा ब्रह्माण्डमा एक यस्तो व्यक्तिको खोजी गर्नुस् जसले तपाईंलाई तपाईले भन्दा बढी प्रेम गरोस् । तपाईंले पाउनुहुनेछ तपाईंलाई तपाईंले जति प्रेम गर्नुहुन्छ त्यति अरु कसैले पनि गर्दैन ।
- स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन र विश्वास सबैभन्दा उत्तम सम्बन्ध ।
- वास्तवमा तपाईंलाई तपाईंबाहेक अरु कसैले पनि रक्षा गर्न सक्दैन । त्यसैले तपाईं स्वयं आफ्नो मार्गमा चल्नु आवश्यक छ ।
- आफ्नो शरीर स्वस्थ राख्नु पनि एक कर्तव्य हो । अन्यथा तपाईं आफ्नो मन तथा सोचलाई स्वच्छ र स्वस्थ राख्न सक्नुहुन्न ।
- हामी आफ्नो सोचबाट बनेका हुन्छौँ । जस्तो सोच्छौँ त्यस्तै बन्छौँ । जब मन शुद्ध हुन्छ तब खुसी छाया बनेर तपाईंको साथ चल्दछ ।
- कुनै पनि परिवारलाई खुसी, सुखी र स्वस्थ राख्नका लागि सबैभन्दा जरुरी हुन्छ– अनुशासन र मनमाथि नियन्त्रण । मनलाई नियन्त्रणमा राख्ने व्यक्तिलाई आत्मज्ञानको मार्ग सहजै प्राप्त हुन्छ ।
- क्रोध गर्नु भनेको तातो कोइलालाई अर्कामाथि फ्याँक्नु जस्तै हो । पहिला तपाईंकै हात जलाउँछ ।
- जसरी एक मैनबत्तीले सयौँ मैनबत्ती जलाउँदा पनि त्यसको प्रकाशमा कमी आउँदैन । त्यसै गरी एकअर्कासँग जति धेरै बाँढे पनि खुसी पनि कम हुँदैन ।
- मानिसभित्रै शान्तिको बास हुन्छ, बाहिर नखोज ।
- हजारौँ लढाई जित्नुभन्दा पनि पहिले स्वयं आफूलाई जित्नुहोस् । फेरि त्यो जित तपाईं स्वयंको हुनेछ । उक्त जित तपाईंबाट कसैले पनि खोस्न सक्दैन– न कोही स्वर्गदूत न कोही राक्षस ।
- जसरी मैनबत्ती आगोबिना स्वयं जल्न सक्दैन उसैगरी मानव जीवन पनि अध्यात्मिक ज्ञानबिना अधुरो रहन्छ ।
- निस्क्रिय हुनु मृत्यको एक छोटो मार्ग हो । मेहनती हुनु उत्तम जीवनको मार्ग हो । मुर्खहरू निस्क्रिय हुन्छन् भने बुद्धिमानहरू मेहनती ।
- हामी जे बोल्छौँ आफ्नो शब्दलाई संयमताका साथ प्रयोग गर्नु पर्दछ ता कि सुन्नेलाई त्यसको के असर पर्दछ । राम्रो या नराम्रो ।
- तपाईंले जे प्राप्त गर्नुभएको छ त्यसमा घमण्ड नगर्नुस् । र, अर्काले प्राप्त गरेको कुरामा ईर्स्या पनि नगर्नुस् । घमण्ड र ईर्स्या गर्नेलाई कहिल्यै पनि मनको शान्ति प्राप्त हुँदैन ।
- आफ्नो क्षमताले काम गर्नुस् । अर्काप्रतिको निर्भरता त्याग्नुस् ।
- असल जीवनको सबैभन्दा ठूलो विफलता भनेको असत्यवादी हुनु हो ।
- घृणा गर्नाले घृणा कम हुँदैन । बरु प्रेम गर्नाले घृणा कम हुन्छ । यो सत्य नियम हो ।
- एक हजार शब्दभन्दा त्यो एक शब्द उत्तम हो जसले शान्ति ल्याउन सक्छ ।
- जागा रहेको व्यक्तिलाई रात लामो प्रतीत हुन्छ । थाकेको व्यक्तिलाई गन्तव्य दूर रहेको प्रतीत हुन्छ । उसै गरी सत्य तथा धर्मबाट अज्ञानलाई जीवन तथा मृत्युको सिलसिला पनि लामो प्रतीत हुन्छ ।
यो पनि पढ्नुहोस् ।