काठमाडौं । एउटै काम सधैंभर गरिरहदा कहिलेकाहीँ सोच्नु हुन्छ होला नि किन अरू कुनै बाटो नै छैन र सधैं एउटैमात्र बाटो कति हिडौं ? किन सधैं एउटै मात्र काम गरिरहुँ ?
अझ कुनै काम गर्न सुरू गरेपछि बिभिन्न मानिसहरूका बिभिन्न थरिका कुरा सुन्नुपर्छ । यस्तो बेला कुनै पनि व्यक्ति आफ्नो लक्ष्यबाट भड्किन सक्छ । जसका कारण उसले सफलता प्राप्त गर्न सक्दैन । यसबाट कसरी जोगीने त ?
प्रसङ्ग भ्यागुताहरूको हो । कुवाको भ्यागुतो जहिल्यै कुवाको कुवा मै भन्ने त उखानै छ नि ! हुन पनि हो ।
एकदिन भ्यागुतो हरूले एउटा प्रतियोगिताको आयोजना गरेछन्, एउटा अग्लो रूखमा चढ्नुपर्ने सर्त थियो उक्त प्रतियोगिताको । सबै भ्यागुताहरू यो प्रतियोगितामा सहभागी भए । उनीहरू एउटा सिधा अग्लो रूखको टुप्पोमा पुगेर पहिले फर्किएर विजेता बन्न चाहान्थे ।
प्रतियोगितामा भाग लिएका भ्यागुताहरूमा कसरी रूखको टुप्पोमा पुग्न सकिन्छ भनेर आफ्नो बुद्धि विवेकले भ्याएसम्म सोच्न थाले । कतिपयले त आपसमा छलफल पनि गर्न थाले ।
त्यसक्रममा कतिपय भ्यागुताहरूले त अग्लो रूखको टुप्पामा पुग्नै नसकिने भनेर विवाद पनि गरे । यही विवादमा कतिपय भ्यागुताहरू अल्झिएर बसे । कतिपय भने जसोतसो प्रयासमा लागे ।
तर, त्यहाँ भएमध्ये एउटा भ्यागुतो भने कान सुन्दैनथ्यो । उ बहिरो थियो । कान नसुन्ने भएकाले उसलाई छलफल र विवादले खासै असर परेन ।
प्रतियोगिता शुरू भएपछि भ्यागुताहरू रूख चढ्न थाले । चढ्ने क्रममा केही आधा बाटामा पुगेर फर्किए, कोही लढे भने कोही फेदमै बसेर यत्रो रूख चढ्नै सकिँदैन भन्न थाले ।
तर, त्यो कान नसुन्ने भ्यागुतो भने कसैको कुरा सुनेन । उ लगातार आफ्नो काममा लाग्यो । अन्त्यमा अरू कुनै पनि भ्यागुताले लक्ष्य पूरा गर्न सकेनन् । तर, बहिरो भ्यागुतो भने रूखको टुप्पामा पुगेर फर्कियो ।
अरू भ्यागुताहरूलाई ऊ कसरी रूखको टुप्पोमा पुगेर फर्कन सफल भयो भन्ने जान्ने उत्सुकता बढ्यो । सबैले उसलाई सोधे पनि । तर, उ कान नसुन्ने भएकाले त्यसको जबाफ उसले दिएन ।
यसको अर्थ हल्लाको पछि नलागी आफ्नो लक्ष्यप्रति दत्तचित्त भएर लागे एक दिन अवश्य पनि सफलता हासिल गर्न सकिन्छ भन्ने शिक्षा भ्यागुताको यो कथाबाट पाउन सकिन्छ ।
यो पनि पढ्नुहोस् ।