- राजेन्द्र धोड़पकर
काठमाडौं । अन्धविश्वासको कुरा हुनासाथ हामी धार्मिक या रूढीवादी अन्धविश्वासका बारेमा सोच्ने गर्दछौं । हामीलाई के लाग्छ भने अन्धविश्वास पुराना मूल्य मान्यताको आत्मसात तथा आधुनिकताको अज्ञानबाट सिर्जित हुन्छ । आधुनिक जीवनशैलीमा अन्धविश्वासको कुनै स्थान हुँदैन ।
यो पनि सत्य हो कि धर्म, जाति तथा सामाजिक मान्यतालाई आँखा चिम्लेर गरिने समर्थनबाट अन्धविश्वास पैदा हुन्छ । जसको परिणामस्वरूप हामी धामी झाँक्रीमा विश्वास गर्दछौं अनि ढोंगी धर्मगुरूहरूका अन्धभक्त बन्न पुग्छौं । यस्ता समाचारहरू आइ नै रहेका हुन्छन् ।
तर, अन्धविश्वासको अर्थ बिना सोच, बिना तर्क कुनै कुराप्रति पूर्ण रूपमा भरोसा गर्नु तथा त्यसविपरितका सबैखाले तर्कहरूलाई अस्वीकार गर्नु हो भने यो धर्म या रूढीमा मात्र सीमित हुँदैन । आधुनिक चिज या आधुनिक व्यक्तिप्रति पनि अन्धविश्वास या अन्धश्रद्धा हुनसक्छ । यदि कुनै ढोंगी बाबाप्रतिको श्रद्धा गलत हो भने कुनै फिल्मस्टार, खेलाडी या नेताप्रतिको अन्धभक्ति पनि त्यस्तै कुरा हो ।
अमेरिकी विश्वविद्यालयको वैज्ञानिकले यस्तो बताए भनेर कसैले भन्यो भने हामी खासै तर्क नगरिकन त्यसप्रति विश्वास गरिहाल्छौं । यो विज्ञानको अन्धविश्वासको एक रूप हो ।
विज्ञापनले हामीलाई अन्धश्रद्धालु बनाउँदैछ । करोडौं मानिस कसरी आफूलाई गोरो बनाउन क्रिमको प्रयोग गरिरहेका छन् ? जबकी वास्तवमा यो बेकार कुरा हो ।
कुनै फ्लिमस्टार या मोडेलले लगाएको दावी गरिने कुनै जिन्स उत्कृष्ट हुन्छ भन्ने कुरा हामी कसरी मान्छौं ? विज्ञापन बनाउनेहरूले कसरी दावी गर्छन् कि कुनै अमुक टुथपेष्ट प्रयोग गर्दा दाँत चम्किलो हुन्छ ? या कुनै निश्चित चकलेट खाँदा बालबालिकाहरू वुद्धिमान हुन्छन् ?
उनीहरूले यस्ता कुरा देखाउने या भन्ने मात्र होइन दावी नै गर्छन् । त्यसका लागि उनीहरू यसको पनि वैज्ञानिक प्रमाण छ भन्छन्, या कुनै शोधको निस्कर्ष प्रस्तुत गर्छन् । यसबाट यो निस्कर्षमा पुगिन्छ कि विज्ञानको नाममा पनि अन्धविश्वास फैलाउन सकिन्छ ।
यस्तो कुरा विज्ञापनको दुनियाँमा मात्र होइन वास्तविक जीवनमा पनि हुनसक्छ । वास्तवमा थुप्रै मानिसहरूले विज्ञानको अध्ययन गरेका हुँदैनन् । न सबै भनाइ तथा दावीको वैज्ञानिक जाँच गर्न नै सम्भव छ । त्यसैले विज्ञानको नाममा थुप्रै भ्रम सिर्जना गर्न सकिन्छ ।
अमेरिकी विश्वविद्यालयको वैज्ञानिकले यस्तो बताए भनेर कसैले भन्यो भने हामी खासै तर्क नगरिकन त्यसप्रति विश्वास गरिहाल्छौं । यो विज्ञानको अन्धविश्वासको एक रूप हो ।
कायम रहेका विज्ञानको ज्ञान र आधिकारिक मान्यतालाई नै प्रमाण मान्न थालियो । गैरपश्चिमा समाजका साराका सारा परम्परागत ज्ञानलाई हेयको दृष्टिले हेरियो र त्यसलाई अवैज्ञानिक मानियो । त्यसमध्ये कतिपय कुराहरू त त्याग्न लायक थिए तर धेरै कुरा यस्ता थिए जो तत्कालीन पश्चिमा 'वैज्ञानिक'को ज्ञानभन्दा पनि बढी वैज्ञानिक थिए ।
हामी वैज्ञानिक अन्धविश्वासका दुई रूप देख्न सक्छौं । पहिलो यो कि, दुनियाँका सबै कुरा विज्ञानका माध्यमबाट जान्न सम्भव छ, अझ जानी नै सकिएको छ । यस्तो मान्यता १९ औं शताब्दीमा बढी मजबुत थियो । त्यसबेला विज्ञानको क्षेत्रमा भएको द्रूत विकासले कयौंलाई यस्तो विश्वास थियो कि अब यो सृष्टिका सबै नियमको खोजी भइसकेको छ । र, जानकारी बटुलेर ती नियमको आधारमा त्यसलाई जाँच गर्ने सिवाय विज्ञानका क्षेत्रमा गर्नका लागि केही बाँकी छैन । तर, वास्तविकता के पनि हो भने त्यसबेलासम्म परमाणुको संरचनाका बारेमा समेत जानकारी थिएन ।
अक्सर मान्छेहरू विज्ञानप्रति अन्धश्रद्धा राख्छन्, उनीहरू बिना तर्क यसलाई स्वीकार गर्छन् । त्यस्ता मानिसहरू उनीहरूले व्याख्या गर्न नसक्ने कुराको अस्तित्व स्वीकार गर्न नै तयार देखिँदैनन् ।
यसअघि एक विचारधारा पश्चिमा दर्शनमा थियो जसलाई १९ औं शताब्दीको सुरूमा प्रख्यात चिन्तक अगष्ट कोम्टेले व्यवस्थित गरे । त्यसलाई 'पोजेटिज्म' भनियो । यो विचारधाराको प्रमुख सूत्र तर्क तथा बुद्धीद्वारा जुन चिजका बारेमा जान्न सकिन्छ त्यही सत्य हो । भावना या कल्पनाको कुनै तुक छैन ।
यस दर्शनका अनुसार समाजलाई पनि एक यन्त्रलाई जस्तै गरी कुनै व्यवस्थाको रूपमा जान्न सकिन्छ, त्यसैले सामाजिक विज्ञान व्यर्थ छ । प्राकृतिक विज्ञान नै सत्यसम्म पुग्नका लागि आवश्यक छ ।
विज्ञानको प्रगतिले दर्शनशास्त्रको आवश्यकता र महत्वलाई समाप्त पारिदिएको थियो ।
२० औं शताब्दीमा आएर यस विचारको काफी विरोध भयो । म्याक्स वेबर, कार्ल पेपर जस्ता प्रख्यात विद्वानले यसको खण्डन गरे ।
'साइन्टिज्म' र 'पोजेटिज्म'को त्यस्तो प्रत्यक्ष आधारभूमि स्पष्ट त छैन तर यी प्रवृत्ति कुनै न कुनै रूपमा छन् । यस प्रवृत्तिको सबैभन्दा ठूलो घाटा यो भयो कि कायम रहेका विज्ञानको ज्ञान र आधिकारिक मान्यतालाई नै प्रमाण मान्न थालियो । गैरपश्चिमा समाजका साराका सारा परम्परागत ज्ञानलाई हेयको दृष्टिले हेरियो र त्यसलाई अवैज्ञानिक मानियो । त्यसमध्ये कतिपय कुराहरू त त्याग्न लायक थिए तर धेरै कुरा यस्ता थिए जो तत्कालीन पश्चिमा 'वैज्ञानिक'को ज्ञानभन्दा पनि बढी वैज्ञानिक थिए ।
फलस्वरूप यसले उपनिवेशवादलाई बल मिल्यो ।
यसरी विज्ञान वास्तविक अर्थमा सत्यको खोजीको बदलामा एक खास प्रकारको व्यवस्था जस्तो हुन पुग्यो जसप्रति प्रश्न गर्ने हक कसैलाई पनि थिएन ।
जस्तो कि केही विद्वानले भनेका छन्, विज्ञान सबैथोक जान्दछ र सबै समस्याको समाधान निकाल्क सक्छ,' भन्ने धारणाले विज्ञानलाई नै घाटा पुर्याएको छ । किनकी विज्ञान भनेको जे जानिएको छैन त्यसैको खोज हो । यदि हामीले नजानिएका कुराहरूलाई अवैज्ञानिक भन्दै त्यसको अस्तित्वलाई नै इन्कार गरिदिने हो भने त्यसको वास्तविकतासम्म पुग्न कसरी सम्भव छ ?
यी सम्पूर्ण कुराहरूको अर्थ विज्ञानप्रति विश्वास गर्नुहुन्न भन्ने होइन । यसको अर्थ यो चाँही हो कि विज्ञानमाथि पनि अन्धविश्वास नहोस् । हरेक तानाशाही जस्तै विज्ञानको तानाशाहीले पनि वुद्धी बन्द गरिदिन्छ ।
जस्तो कि लामो समयसम्म पर्यावरणसम्बन्धी चिन्तालाई पिछडिएकाहरूको मात्र सवालका रूपमा बुझ्ने गरिन्थ्यो ।
यसको सबैभन्दा व्यवहारिक उदाहरण स्वास्थ्य क्षेत्रमा प्राप्त गर्न सकिन्छ । हामी जब पढ्दै थियौं त्यसबेला भनिन्थ्यो, शिशुको स्वास्थ्यका लागि तीन महिनादेखि उसलाई ठोस आहार दिन जरूरी छ । त्यसबेला यस्तो प्रचार गरिन्थ्यो कि, अनपढहरू बच्चालाई ६ महिनासम्म कुनै पनि ठोस आहार दिँदैनन् र बच्चाको स्वास्थ्यलाई नोक्सान पुर्याउँछन् । अब त्यही स्वास्थ्य भन्छ कि बच्चालाई ६ महिनासम्म आमाको दूधको अलावा केही पनि दिनु हुँदैन ।
बीचमा एउटा यस्तो समय पनि आयो जसमा डाक्टरहरू भन्दथे, कुनै पनि प्रकारको चिल्लो पदार्थले स्वास्थ्यमा क्षति पुर्याउँछ । र मानिसहरूलाई तेल घिउ खान छाड्न भनिन्थ्यो ।
फेरि यस्तो निस्कर्ष निकालियो कि केही तेल त स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ, तर परम्परागत घिउ तेल भने स्वास्थ्यका लागि ठिक छैन । त्यस्ता परम्परागत 'अखाद्य' तेललाई रिफाइन गरेर खान लायक बनाइन्छ । त्यसरी तयार गरिएको तेल मात्र खानु उपयुक्त हुन्छ । घिउ मक्खन त्यसबेला त्याज्य थियो ।
फेरि भन्न थालियो कि थोरै घिउ तेल स्वास्थ्यका लागि फलदायी हुन्छ । साथै परम्परागत तेल तुलनात्मक रूपमा ज्यादा स्वास्थ्यवर्द्धक हुन्छ ।
त्यस्तै लामो समयसम्म भनियो, अण्डाको सेतो भाग त ठिकै हो तर, पहेँलो भाग चाँही स्वास्थ्यका लागि उपयुक्त हुँदैन । त्यसबेला सभ्रान्तहरू अण्डाको त्यही सेतो भाग मात्र खाने गर्दथे ।
फेरि अण्डाको पहेँलो भागको पनि फाइदा छ भन्न थालियो । यद्यपी अहिले पनि कतिपय अण्डाको सेतो भागमात्र खान सल्लाह दिन्छन् ।
यस सम्बन्धमा इवान इल्लिच र डा. मनु कोठारी जस्ता थुप्रै विशेषज्ञले पर्याप्त लेखेका छन् । पहिलो कारण त यो हो किन 'चिकित्सातन्त्र' एउटा ठूलो बजार हो जुन उसले सबैथोक जानेको छ, को जगमा मा खडा भएको हुन्छ । यदि डाक्टरले विनम्रताका साथ बिरामीलाई उपचार पद्दतिका बारेमा आफूले नजान्ने बतयो भने उसको महंगो फिस तिर्न को तयार हुन्छ ? त्यसैले यो तन्त्र आधाअधुरो ज्ञानलाई नै सत्य भनेर प्रचार गरिरहन्छ । र, त्यसबेलासम्म त्यस्तो प्रचार गरिरहन्छ जबसम्म थप शोधले त्यसलाई गलत सावित गर्दैन ।
दोस्रो चिकित्सामा शोध धेरै मुस्किल र जटिल प्रकृया हो । यसमा जानअन्जानमा यति धेरै कारक सहभागी हुन्छन् कि पूरा इमान्दारीका बाबजुत पनि गलत निस्कर्षमा पुग्ने सम्भावना रहन सक्छ । आजभोली पत्रपत्रिकाहरूमा स्वाथ्यका सम्बन्धमा प्रशस्त खबरहरू छापिन्छन् । जसमध्ये कति त विदेशी संस्थाका शोधको हवाला दिएर छापिएका हुन्छन् कि अमुक भिटामिनले बुढ्यौली दुर गराउँछ या कुनै चिज 'सुपर फुड' हो । दुई दिनपछि फेरि छापिन्छ- यो बेकारको कुरा हो । एकपटक मेले एकै अखबारका तीन पृष्ठमा तीन विरोधाभाषयुक्त खबर देखेको थिएँ ।
ज्यादातर शोध सांख्यिकीय हुन्छ । अर्थात् कुनै स्वास्थ्य व्यवस्थाको आँकडालाई लिएर त्यसको निस्कर्ष निकाल्ने कोशिष गरिन्छ, जसमा स्वाभाविक रूपमा गडबडी हुने सम्भावना रहन्छ ।
हुनसक्छ डेनमाकर्को पछिल्लो बिस वर्षको पाँच हजार मनिसको आँकडा अमेरिकामा ५० वर्षमा ४० हजार मानिसमा गलत निस्कर्ष दिनसक्छ । कहिलेकाँही सनसनीखेख खबर बनाउने र त्यसलाई प्रचार गर्ने इच्छा वैज्ञानिकलाई पनि त हुनसक्छ । अखिरमा वैज्ञानिक पनि त मानिस नै हो, अनि यसमा शोधको लागि फन्डिङ पाउन सजिलो पनि हुन्छ ।
त्यसैले कतिपटक कुनै बिरामीको उपचार पद्दति या कुनै नयाँ दबाईको खोज गरिएको दावी तपाईंले पनि अखबारहरूमा पढ्नुभएको हुनसक्छ । त्यसमध्ये कतिपय वास्तविकतामा परिणत हुँदैनन् ।
यी सम्पूर्ण कुराहरूको अर्थ विज्ञानप्रति विश्वास गर्नुहुन्न भन्ने होइन । यसको अर्थ यो चाँही हो कि विज्ञानमाथि पनि अन्धविश्वास नहोस् । हरेक तानाशाही जस्तै विज्ञानको तानाशाहीले पनि वुद्धी बन्द गरिदिन्छ । वास्तवमा वैज्ञानिक दृष्टिको अर्थ यो होइन कि विज्ञानको नाममा सबैकुरा मान्नु र बाँकी कुराहरूलाई या त गलत या अस्तित्वहीन करार गर्नु ।
दुनियामा रहस्य छ, त्यसैले दुनियाँ 'दिलचस्प' छ । इन्टरनेटमा छापिने स्वास्थ्यसम्बन्धी दावीहरू त झन् सचेततापूर्ण तरिकाले ग्रहण गर्नु पर्दछ ।
(राजेन्द्र धोडपकरद्वारा लिखित यो सामग्री सन् २०१८ जुलाई ८ मा सत्याग्रह अनलाइनमा प्रकाशित भएको थियो । यहा त्यसको भावानुवाद गरिएको हो ।)