काठमाडौं । यो साता शेयर बजारका लागि सुखद रह्यो । साताका पाँचै कारोबार दिनमा नेप्सेमा बढोत्तरी देखिएको छ । बजार बढेसँगै लगानीकर्ताहरूले पनि कमाएका छन् ।
कुन दिन कति अंकले बढ्यो नेप्से ?
कारोबार दिन |
वृद्धि अंक |
कतिमा पुग्यो नेप्से |
कारोबार कति भयो |
आइतबार (१५ असार) |
२६.५३ |
२६२२.२८ |
७ अर्ब १२ करोड |
सोमबार (१६ असार) |
९.१९ |
२६३१.४८ |
६ अर्ब ३८ करोड |
मंगलबार (१७ असार) |
२८.९१ |
२६६०.३९ |
७ अर्ब ३ करोड |
बुधबार (१८ असार) |
३४.४२ |
२६९४.८२ |
९ अर्ब ७४ करोड |
बिहीबार (१९ असार) |
९.१४ |
२७०३.९६ |
९ अर्ब ६४ करोड |
२०८२ असार १५ गते आइतबार
साताको कारोबारको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले बढेको थियो । उक्त दिन बजार २६.५३ अंकले बढेर २६२२.२८ बिन्दुमा पुगेर बन्द भएको हो । बजार बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.७० अंकले बढेर ४४८.६० मा पुगेर बन्द भएको थियो ।
सो दिन १३ मध्ये १२ वटा समूहको सूचक बढेको थियो भने म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहको सूचक ०.५६ प्रतिशतले घटेको थियो । बैंकिङ समूहको सूचकमा २ प्रतिशतको बढोत्तरी देखिएको थियो ।
आइतबार कारोबारमा आएका १८५ कम्पनीको शेयर मूल्य बढ्दा ६३ कम्पनीका लगानीकर्ताले गुमाएका थिए । सो दिन कुल १ करोड ६६ लाख ४३ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख ३६ हजारभन्दा बढीको कारोबार भएको थियो ।
२०८२ असार १६ गते सोमबार
सोमबार शेयर बजार परिसूचक नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा पुगेर बन्द भयो । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि १.१९ अंकले बढेर ४५०.५६ विन्दुमा पुगेर बन्द भयो ।
सो दिन कारोबारमा आएका १३ मध्ये चार समूहको सूचक घट्दा अन्य ९ वटा उपसमूहको सूचक बढेका थिए । सोमबार फाइनान्स, होटल एन्ड टुरिजम, हाइड्रोपावर र अन्य समूहको सूचक घट्दा उत्पादन समूहको सूचक सर्वाधिक बढेको थियो ।
त्यस दिन बजारमा १ करोड ४१ लाख ७२ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको थियो । त्यस दिन १४५ कम्पनीका लगानीकर्ताले कमाउँदा १०३ कम्पनीका लगानीकर्ताले गुमाएका थिए ।
२०८२ असार १७ गते मंगलबार
मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको बढोत्तरी देखिएको थियो । उक्त दिन बजार २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा पुगेर बन्द भएको थियो । बजार बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४५६.७५ अंकमा पुगेको थियो ।
उक्त दिन १३ मध्ये दुई समूहको सूचक घट्दा अन्य सबै समूहको सूचक बढेको थियो सो दिन म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ र ट्रेडिङ समूहको सूचक घट्दा लगानी समूहको सूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको थियो ।
नेप्सेका अनुसार मंगलबार बजारमा ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको थियो । उक्त संख्यामा शेयरको किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजारभन्दा बढीको कारोबार भएको थियो ।
२०८२ असार १८ गते बुधबार
आइतबारदेखि बढेको शेयर बजार बुधबार पनि बढ्यो । बुधबार नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा पुगेर बन्द भएको थियो । नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.५२ अंकले बढेर ४६२.२७ विन्दुमा पुगेर बन्द भएको थियो ।
सो दिन ३१७ वटा कम्पनीको कारोबार भएकामा १८२ कम्पनीका लगानीकर्ताले कमाएका थिए भने ६५ कम्पनीका लगानीकर्ताले गुमाएका थिए । बुधबार ३ करोड १ लाख ८२ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजारभन्दा बढीको कारोबार भएको थियो ।
२०८२ असार १९ गते बिहीबार
आइतबारदेखि उकालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि बढ्यो । बिहीबार बजार ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा पुगेर बन्द भएको थियो । बजार बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१९ अंकले बढेर ४६४.४६ विन्दुमा पुगेर बन्द भयो ।
बिहीबार १३ मध्ये ५ समूहको सूचक ओरालो लाग्दा ८ वटा समूहको सूचक बढेको छ । सो दिन फाइनान्स समूहको सूचक सर्वाधिक ४.०९ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको सूचक १.२९ अंकले घटेको थियो ।
नेप्सेका अनुसार बिहीबार २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँको कारोबार भएको थियो ।