काठमाडौं । मानिसको जीवन उतारचढावपूर्ण छ । जसका कारण मानिसको जीवनमा तनाव तथा चिन्ता सामान्य कुरा हो, यो आइ नै रहन्छ । तर, हामी यसबाट मुक्त हुने प्रयास भने गरिरहेका हुन्छौं, तर सफल भने हुन सक्दैनौं, किन ?
यसैबारेमा केहि चर्चा गरौं ।
तनाव बिभिन्न किसिमका बिमारीका कारण पनि हुनसक्छ । त्यसैले हामी तनावमुक्त भएर बाँच्न चाहान्छौं ।
तनावपूर्ण जीवनका थुप्रै कारणहरू हुन्छन् । कतिपय सन्दर्भमा हाम्रो सामुमा यस्तो परिस्थितिको सिर्जना हुन्छ जसका कारण हामी भयभित हुन्छौं । र हामीमा तनाव सुरू हुन्छ ।
यस्तो परिस्थितिमा पनि हामीले आफ्नो हौसला भने कायमै राख्नुपर्ने हुन्छ । साथै बिनाकारण तनाव लिनुको साटो कठिन परिस्थितिको मुकाबिला गर्नका लागि पनि आफूलाई तयार राख्नुपर्छ ।
भविष्यका सन्दर्भमा आवश्यक सजगता अपनाउनु त ठिकै हो तर, यसबारेमा अनावश्यक चिन्ता भने लिनु हुँदैन । जो मानिस आफ्नो भविष्यको विषयमा हरदम चिन्तामा रहन्छ उ नै वास्तवमा तनावपूर्ण जीन्दगी जीउन विवश हुन्छ ।
कबीर दासका अनुसार कुनै पनि काम पन्छाउने मान्छे वास्तवमा तनावपूर्ण जिन्दगी जीउन विवश हुन्छ । उनी भन्छन्, जो काम आज गर्नुपर्ने छ त्यो काम आजै गर्नु आवश्यक छ । उनको यो कुरा जो आफ्नो जीवनमा लागू गर्दछ वास्तवमा उसको तनाव कम हुन सक्छ ।
तनावको अर्को कारण हो- मानिसको अनावश्यक महत्वाकांक्षा । जब मानिसका आफ्ना महत्वाकांक्षा पूरा हुँदैनन् तब उ चिन्तित हुन थाल्दछ । चिन्ताले तनाव बढाउँदछ ।
जीवनमा कुनै पनि कुराको लक्ष्य राख्नु त राम्रो कुरा हो तर, अनावश्यक महत्वाकांक्षा भने राम्रो होइन किनभने त्यसले तनाव बढाउँदछ । जीवनमा पूरा गर्न सम्भव लक्ष्य मात्र राख्नु पर्दछ । त्यस्ता लक्ष्य मानिसले पूरा गर्न पनि सक्छ । लक्ष्य पूरा हुँदा हामीलाई सन्तुष्टि मिल्दछ । यसले तनाव घटाउँदछ ।
तनावको अर्को कारण हो अर्को व्यक्तिसँगको अस्वभाविक अपेक्षा । त्यसो त मानिस सामाजिक प्राणी भएकाले एकअर्कासँग जोडिएको हुन्छ । तर, यसो भन्दैमा अर्को व्यक्तिसँग अस्वाभाविक अपेक्षा राख्नु हुँदैन किनकी त्यस्ता अपेक्षाहरू पूरा हुँदैनन् जसका कारण तनाब सुरू हुन्छ ।
त्यस्तै अरूलाई आफ्नो विचार थोपर्न खोज्दा पनि तनाव सुरू हुनसक्छ । कसैले पनि आफूमाथि अर्काले विचार थोपरेको मन पराउँदैनन् । हामी पनि अर्काले हामीमाथि विचार थोपर्यो भने स्वीकार्दैनौं ।
जब अरूलाई हामी आफ्नो स्वार्थ अनुरूप चलाउन सक्दैनौं तब तनाव सुरू हुन्छ । त्यसैले हामी अरूमाथि आफ्नो विचार थोपर्ने मामलामा सजग हुनुपर्छ । अन्यथा त्यो नै तनाव बढ्ने कारक बन्न सक्छ ।
हामीले के बुझ्न जरूरी छ भने हामी स्वयंलाई नियन्त्रण गर्न सक्छौं अरूलाई होइन । तसर्थ अरूमाथि नियन्त्रण गर्नुपूर्व पहिले स्वयंमाथि नियन्त्रण गर्नु आवश्यक छ ।
यदि तपाईं तनावमुक्त हुन चाहानुहुन्छ भने यसको एउटै उपाय भनेको हरदम सकारात्मक हुने प्रयास गर्नु । भरसक सकारात्मक व्यक्तिसँगको सम्बन्ध बढाउनुहोस् । नकारात्मकताबाट आफूलाई टाढै राख्नुहोस् । नकारात्मकताले तनाव बढाउँछ भने सकारात्मकताले घटाउँछ ।
यी सुन्दा सामान्य जस्ता लाग्ने कुरा भए पनि तनावमुक्त जीवनका लागि महत्वपूर्ण कुराहर हुन् । यी कुराहरलाई जीवनमा लागू गर्न सकिएका खण्डमा तनावमुक्त जीवन जीउन सकिन्छ ।
यो पनि पढ्नुहोस् ।