उनको समयमा आचार्य चाणक्य सबैभन्दा महान् विद्वान् तथा कुशल दार्शनिक हुन् । उनका अनमोल विचार आज पनि हाम्रा लागि प्रेरणाका स्रोत हुन् । उनका हरेक विचार जीवनको कसौटीमा एकदम सटिक बनेका हुन्छन् ।
चाणक्यको विचार केवल सामान्य प्रेरक विचार जस्ता मात्र हुँदैनन् । बरु हरेक प्रकारका जाँच गर्दा ती विचार यस्ता अनमोल वचन हुन्छन् जसलाई कुनै व्यक्तिले जीवनमा उतार्छ भने ऊ सफल हुन्छ ।
तिनै चाणक्यका केही अनमोल विचार यहाँ प्रस्तुत गरिएको छ । प्रस्तुत छ चाणक्यका केही अनमोल विचार :
– आम्दानीभन्दा बढी खर्च गरे भने कुवेर पनि कंगाल हुन्छन् ।
– अर्काले गरेको गल्तीबाट पनि शिक्षा लिनुस् । आफैँले गरेको गल्तीबाट मात्र सिक्नका लागि तपाईंको आयु एकदमै छोटो छ ।
– जो व्यक्ति शक्ति नहुँदा पनि हार मान्दैन उसलाई संसारको कुनै पनि शक्तिले पराजित गर्न सक्दैन ।
– व्यक्तिको मनमा के छ ? यो उसको व्यवहारबाट प्रकट हुन्छ ।
– कसैसँग पनि आफ्नो रहस्यको उजागर नगर्नुहोस् । यो स्वभाव तपईं स्वयंका लागि घातक सावित हुन्छ ।
– कुनै पनि काम सुरु गर्नुभन्दा पहिले तीन प्रश्न आफैँलाई सोध्नुहोस् । म यस्तो गर्न किन गइरहेको छु ? यसको परिणाम के हुन्छ ? र के म सफल हुन्छु ?
– भगवान मूर्तिमा हुँदैनन्, तपाईंको अनुभूतिमा हुन्छन् । आत्म नै तपाईंको मन्दिर हो ।
– दान दिने गरेमा दरिद्रता नास हुन्छ ।
– कुनै पनि व्यक्ति उसको कर्मले महान् हुन्छ, जन्मले होइन ।
– कोही पनि व्यक्ति धेरै इमान्दार र सिधा साधा हुनु हुँदैन । किनकी सिधा रुख र सोझो रुख नै पहिले काटिन्छ ।
– यो कटू सत्य हो कि हरेक मित्रको पछाडि कुनै न कुनै स्वार्थ लुकेको हुन्छ ।
– संसारमा कोही पनि तपाईंको सत्रु या मित्रु हुँदैन । तपाईंको विचार नै यसको लागि उत्तरदायी हुन्छ ।
– फूलको सुगन्ध केवल वायुको दिशामा फैलन्छ । तर एक व्यक्तिको असल गुण हरेक दिशामा फैलन्छ ।
– बुद्धिमान मानिसको कोही पनि दुश्मन हुँदैन ।
– भोक समान दोस्रो सत्रु कुनै पनि हुँदैन ।
– परिश्रम त्यो साँचो हो जसले भाग्यको ढोकाको ताल्चा उघार्छ ।
चन्द्रगुप्त : भाग्यमा पहिले नै लेखिसकिएको छ भने कोशिस गरिरहनु किन आवश्यक पर्यो र ?
चाणक्य : के थाहा भाग्यमा कोसिस गरेपछि मात्र प्राप्त हुनेछ भनेर लेखेको पो छ कि !