एपीजे अब्दुल कलाम भारतका ११औँ राष्ट्रपति हुन् । उनका विचार युवाहरूका लागि उत्प्रेरक छन् । उनी भारतका एक महान् वैज्ञानिक पनि थिए । उनलाई भारतमा मिसाइल म्यानका नामाले पनि चिनिन्छ ।
कलामका विचार
जुन दिन तपाईंको सिग्नेचर अटोग्राफमा परिवर्तन हुन्छ त्यसदिन यो सम्झनुस् कि तपाईं सफल हुनुभयो ।
तपाईं तपाईंको भविष्य बदल्न सक्नुहुन्न । तर, आफ्नो व्यवहार बदल्न सक्नुहुन्छ । र तपाईंको व्यवहारले तपाईंको भविष्य परिवर्तन गराउने छ ।
वर्षाको समयमा सबै पक्षी आश्रयको खोजीमा हुन्छन् । तर, बाज बादलमाथि उडेर वर्षालाई तल पार्न सक्दछ । समस्या समान भए पनि तपाईंले उक्त समस्याप्रति देखाउने प्रतिक्रियाले त्यसमा भिन्नता पैदा गर्दछ ।
मानिस कठिन परिस्थितिबाट गुज्रनु आवश्यक छ । किनकी सफलताको आनन्द उठाउनका लागि यो आवश्यक छ ।
सपना त्यो होइन जुन तपाईं सुतेको समयमा देख्नुहुन्छ । सपना त त्यो हो जसले तपाईलाई सुत्न दिँदैन ।
तपाईंका सपना साकार हुनुपूर्व तपाईंले सपना देख्नु जरुरी छ ।
आकासतर्फ फर्कनुस् त तपाईं एक्लै हुनुहुन्न । जो सपना देख्छ र सपना पूरा गर्न कठीन मेहनत गर्दछ उसको साथमा पूरा ब्रह्माण्ड छ ।
यदि कुनै देश भ्रष्टाचारमुक्त होस् र सबै मानिसहरू असल तथा शुद्ध मानसिकता भएकाहरू हउन् । यस्तो देश निर्माण गर्न तीन जनामात्र सक्षम छन्- माता, पिता र गुरु ।
महान सपना देख्ने महान् मानिसको सपना हमेसा पूरा हुन्छ ।
युवाहरूलाई मेरो सन्देश छ कि अलग तरिकाले सोच्ने गर । केही नयाँ गर्ने प्रयत्न गर । आफ्नो मार्ग स्वयं बनाउने प्रयास गर । असम्भवलाई पनि हासिल गर ।
आफ्नो कार्यमा सफलताका लागि तपाईंले एकाग्रचित्त भएर आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्नु आवश्यक छ ।
आगामी पुस्ताको समृद्धीका लागि हामीले त्याग गर्नु आवश्यक छ ।
रचनात्मकता भविष्यमा सफलताको कुञ्जी हो । प्राथमिक शिक्ष नै त्यो साधन हो जसले बालबालिकामा सकारात्मकता ल्याउन सक्छ ।
एक नेताको परिभाषा यो हो कि उसँग एक सफल दृष्टिकोण हवस्, एक दृढ ईच्छाशक्ति होस् । जो कुनै पनि समस्यासँग नडराओस् बरु समस्या समाधान गर्न सक्षम होस् । र, सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि उ इमान्दार होस् ।
निपुणता लगातार चल्ने एक प्रक्रिया हो । यो एक घटना मात्र होइन ।
हामीले कहिल्यै पनि हार मान्नु हुँदैन । र समस्याहरूलाई कहिल्यै पनि जित्न दिनु हुँदैन ।
जब हामी समस्यामा फसेका हुन्छौँ त्यतिबेला हामीलाई यो महसुस हुन्छ कि हामीभित्र एक साहस लुकेको हुन्छ । जब हामी असफलताको सामना गरिरहेका हुन्छौँ त्यतिबेला हामी आफूभित्र लुकेको त्यही साहस देख्दछौँ । हामीले त्यही लुकेको साहस तथा शक्तिको पहिचान गर्नु छ ।
एक विद्यार्थीको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको प्रश्न गर्नु हो । उसलाई प्रश्न गर्न दिनुस् ।
दुनियाँका लगभग आधा जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । र उनीहरुमध्ये अधिकांश गरिबीमा जीउन बाध्य छन् । मानव विकासको यही असमानताका कारण केही क्षेत्रमा अशान्ति र हिंसाले जन्म लिएको छ ।
यो स्थापित र स्पष्ट सिद्धान्त हो कि भगवानले उसैलाई मद्दत गर्छन् जो कडा मेहनत गर्दछ ।
यो पनि पढ्नुहोस् ।