यो भ्याक्सिनका कारण हरेक वर्ष दशौँ करोड मानिसको ज्यान लिने स्माल पाक्स यस्तो पहिलो घातक बिमारी बन्यो जसको अस्तीत्व अब यस दुनियाँमा छैन ।
कलेरा, प्लेग तथा एन्फ्लुएन्जा जस्ता अनगिन्ती महामारीको सामना गरिसकेको यो दुनियाँमा फेरि एक पटक कोरोना भाइरस जस्तो घातक महामारीको कहर गुज्रीरहेको छ । अपेक्षा छ कि यो कहर धेरै लामो समयसम्म नचलोस् । यसको खोप विश्वका सबै कुनासम्म पुगोस् । र, एक पटक फेरि खुलेर स्वास लिन सकियोस् ।
इतिहासतर्फ हेर्ने हो भने यो अपेक्षालाई केही वजन मिल्न सक्छ । माथि लेखिएका तमाम महामारीसमेत पोलियो, हेपाटाइटिस, एचआईभी-एड्स जस्ता अनगिन्ती महामारीलाई नियन्त्रणमा लिन मानिसले हालसम्म सफलता पाउँदै आएको छ । र, खोप (भ्याक्सिन) ले यसमा ठूलो भूमिका निर्वाह गरेको छ ।
जब विश्वको पहिलो भ्याक्सिन (खोप) बनेको थियो त्यो एक यस्तो बिमारीको लागि बनेको थियो जसले हजारौँ वर्षदेखि धरतीमा आतंक मच्चाएको थियो । उक्त भ्याक्सिनका कारण स्मल पोक्स एक यस्तो घातक बिमारी बन्यो जसको अस्तित्व अब यस धर्तिमा छैन ।
स्मल पोक्सका बारेमा एकदमै संक्षेपमा कुरा गर्दा यो बिमारी कहाँबाट सुरु भयो भन्ने बारेमा कुनै जानकारी उपलब्ध छैन । तर, इसापूर्व १०,००० मा दक्षिण-पूर्व अफ्रिकामा जब मानिसले खेती गर्न सुरु गरे तब पहिलो पटक यो रोगको सामना गर्नुपरेको हुनसक्ने अनुमान छ ।
त्यस्तै इसापूर्व दोस्रो या तेस्रो शताब्दीमा इजिप्टमा पनि यस खाले बिरामीको अस्तित्व भएको बताइन्छ । त्यसपछाडिका शताब्दीहरूमा भारत तथा चीन जस्ता एसियाली देशमा पनि यो बिमारी इजिप्टको बाटो हुँदै आइपुगेको बताइन्छ । त्यस्तै युरोपमा यो बिमारी इशाको पाँचौँ या सातौँ शताब्दीमा पुग्यो । त्यसपछि भएको सभ्यताको विकास, व्यापार, यदुद्ध तथा उपनिवेशवादको कोसिसका कारण यो बिमारी एकपछि अर्को देशमा फैलिँदै गयो ।
१६औँ र १७ शताब्दीसम्म पुग्दा स्मल पोक्स (चेचक) का बिरामी विश्वका सुदूर कुनामा पनि भेटिन थाले । हरेक वर्ष लाखौँको सङ्ख्यामा मानिसहरू यो रोगका कारण मर्न थाले । त्यसबेला यसको संक्रमण हुनेमध्ये करिब एकतिहाइ मानिसहरूको मृत्यु हुने गरेको थियो । बाँचेकाहरूमा पनि अन्धोपन या कुनै अर्को प्रकारको शारीरिक अपांगताका साथ जीवन गुजार्नु पर्दथ्यो । अर्को शब्दमा भन्दा यसको उपचार सम्भव थिएन ।
एक तप्काको भनाइ यो पनि छ कि जेनरलाई भ्याक्सिन विकसित गरेको पूरा श्रेय दिइनु भनेको 'ह्वाइट सुप्रिमेसी' को एक ठूलो उदाहरण हो । किनकी उनको यो खोजभन्दा पहिले नै एसिया तथा अफ्रिकासमेत मध्यपूर्वका कयौँ देशमा यस प्रकारणको अलग-अलग तरिकाको प्रयोग हुँदै आएको थियो । जेनरको जन्मभन्दा करिब एक शताब्दी पहिला नै भेरिओलेसन युरोपसम्म पुर्याउने र सुरुवाती ट्रायलको कहानी पनि दक्षिण अफ्रिकी देशसँग जोडिएको छ ।
तर, समयको साथसाथै मानिसहरूले यो बुझे कि यदि कसैलाई चेचक भयो र उसको मृत्यु भएन भने उसलाई जीवनमा फेरि कहिल्यै पनि यो रोग लाग्दैन । यही ज्ञानको सहारामा भारत, चीन, टर्की तथा केही देशहरूमा चेचकबाट बच्नका लागि भ्याक्सिन (खोप लगाउने) लगाउने कार्यसँग मिलजुल तरिकाको विकाश गरियो । जुन समयको विकासक्रमसँगै आधुनिक भ्याक्सिनको नीब बन्न पुग्यो ।
उदाहरणका लागि चीनमा चेचक रोगका कारण भएको संक्रमणको एउटा तहलाई सुकाएर चूर्ण बनाइन्थ्यो । र काठको एक पाइप जस्तो बनाएर नाकको बाटो हुँदै शरीरम पठाइन्थ्यो । भारतको कुरा गर्दा आयुर्वेदमा चेचकको उपचार तथा वचाउका लागि जडिबुटी, खास प्रकारका कपडा, जल चिकित्साका सथै शरीरमा विभिन्न माध्यमबाट मिश्रण पठाएर बचाउ गरिएको पाइन्छ ।
टर्की तथा अफ्रिकाका केही देश हुँदै यो तरिका युरोपका देशमा पनि पुग्यो । त्यहाँ पनि शरीरमा घाउ बनाएर त्यसमार्फत औषधि गर्न थालियो । स्मल पोक्सका लागि भेरियल भाइरस जिम्मेवार हुन्छ । त्यसकारण भाइरसको नामबाट यो प्रक्रियाको नामाकरण गरियो- भेरिओलेसन ।
त्यसो त भेरिओलेसनको उद्देश्य मानिसलाई थोरै संक्रमण गराएर उसमा इम्युनिटी पैदा गराउनु थियो । तर, कतिपयमा भने यसैका कारण गम्भीर संक्रमण हुन पुग्दथ्यो । जसका कारण उसको मृत्युसम्म हुन्थ्यो ।
अब इङ्ल्यान्डको एक सानो गाउँका स्थानीय डा. एडवर्ड जेनरद्वारा दुनियाको पहिलो भ्याक्सिन बनाएको किस्सामा आउँ । उनी पनि बाल्यअवस्थामा भेरियोलोसनबाट गुज्रेर आएका थिए । अर्थात् उनको पनि भेरिओसोसन गरिएको थियो । उनीसँग जोडिएका किस्साहरूमा बताइन्छ कि- जेनरका लागि यो अनुभव एकदमै त्रासद थियो । र, उको काममा पनि यसको असर पर्यो । जीव, वनस्पति तथा भूगर्भका जानकारी जेनर एकातर्फ चराहरूको व्यवहारका विशेषज्ञ थिए भने अर्कातर्फ त्यसबेलाको लामो समयसम्म युरोपका सबैभन्दा चर्चित सर्जन डा. जोन हन्टरका सहयोगी पनि थिए ।
पछि इङ्ल्यान्डका गाउँहरूमा मानिसहरूको उपचार गर्दै जाँदा एडवर्ड जेनरले वर्षौँसम्म भेरिओलोसनको एक यस्तो तरिकाको खोजीमा काम गरे जसले मानिसहरूलाई यो बिमारीबाट बचाउन सकोस् । साथसाथै त्यो तरिका कम पीडादयी पनि होस् ।
१८औँ शताब्दीको अन्तिम दशकमा जेनरले यो थाहा पाए कि गाईलाई पनि स्मल पोक्ससँग मिल्तोजुल्तो एक बिमारी हुन्छ- जसलाई काउ पोक्स भनिन्छ । कति पटक त गाईगोरुको नजिक रहने मानिसहरूलाई पनि यो संक्रमण हुन्थ्यो । तर यो स्मल पोक्स जति गम्भीर भने हुँदैनथ्यो ।
दूधको व्यवसाय गर्ने मिहलाबाट जेनरले यो जानकारी पाए कि यदी कसैलाई एक पटक काउ पोक्स हुन्छ भने उसलाई दोस्रो पटक स्मल पोक्सको संक्रमण हुँदैन । ग्रामीण महिलाबाट प्राप्त यही जानकारीका आधारमा एडवर्ड जेनरले आफ्नो पहिलो भ्याक्सिनको परीक्षण गरेका थिए ।
भनिन्छ सन् १७९६ मा जेनरले काउ पोक्स संक्रमित एक महिलाको शरीरबाट भाइरस निकालेर आफ्नो मालीको आठ वर्षीय छोरो जेम्स फिपलाई काउ पोक्सको संक्रमण गराएर । केही दिन सामान्य अस्वस्थ भएपछि जेम्स स्वस्थ भयो । त्यसपछि उसलाई चेचक (स्मल पोक्स) को संक्रमण गराइयो । तर, उसमा स्मल पोक्सका कुनै पनि लक्षण देखिएनन् । यसरी संसारमा पहिलो खोप आविस्कार भएको थियो । यसलाई डा. जेनरले भ्याक्सिनेसनको नाम दिए, जो ल्याटिन शब्द 'भाका' (Vacca) अर्थात् गाईबाट बनेको हो । गत मे १४ मा यसको सवा २ सय वर्ष पूरा भएको छ ।
- अन्धविश्वास विज्ञानको पनि हुनसक्छ
इतिहास तथा राजनीतिका जानकार जेनरलाई फादर अफ इम्युनोलोजी भनिनुमा अलग-अलग मतहरू छन् । यसमा एक तप्काको भनाइ यो पनि छ कि जेनरलाई भ्याक्सिन विकसित गरेको पूरा श्रेय दिइनु भनेको 'ह्वाइट सुप्रिमेसी' को एक ठूलो उदाहरण हो । किनकी उनको यो खोजभन्दा पहिले नै एसिया तथा अफ्रिकासमेत मध्यपूर्वका कयौँ देशमा यस प्रकारणको अलग-अलग तरिकाको प्रयोग हुँदै आएको थियो । जेनरको जन्मभन्दा करिब एक शताब्दी पहिला नै भेरिओलेसन युरोपसम्म पुर्याउने र सुरुवाती ट्रायलको कहानी पनि दक्षिण अफ्रिकी देशसँग जोडिएको छ । कतिपय इतिहासकारहरू यसलाई श्वेत वैज्ञानिकलाई श्रेष्ठ देखाउने तथा अन्य देशका परम्परागत ज्ञानलाई झूठो देखाउने पश्चिमाको कोशिसको सबैभन्दा ठूलो नमूनाका रूपमा व्याख्या गर्छन् ।
केहीले त जेम्स फिप तथा ग्रामिण दूध उत्पादक महिलासँग सम्बन्धित घटनालाई पनि काल्पनिक मान्छन् । लामो समयसम्म पहिलो भ्याक्सिनेसनको प्रयोग तथा यसका लागि मानिसहरूलाई प्रेरित गर्दा जेनरको लगातार आलोचना भएको बताइन्छ । धार्मिक संगठनहरूले यसलाई धर्मको खिलाफ बताएका थिए । समाजिक संगठनले भ्याक्सिनेसनको खिलाफ दिएका तर्कहरू यस्ता हुन्थे- आफ्नो प्राण बचाउनका लागि अर्को जीवलाई पीडा दिनु या जानीबुझी संक्रमित गराउनु अमानवीय कार्य हो ।
भनिन्छ जेनरको छविमा भएको क्षतिको भरपाइका लागि उनका मित्र तथा जीवनीकार विलियम वुडविलले यो किस्सा रचेका थिए, जसले काम गर्यो । यसले जेनरका लागि ठूलो सङ्ख्यामा ट्रायल तथा भ्याक्सिनेसनमाथि विश्वास बढाउने जस्ता काम सजिलो पारिदियो ।
प्रसिद्ध अङ्ग्रेजी विद्वान फ्रान्सिसी गेल्टनले भनेका छन्- विज्ञानमा उसलाई श्रेय जान्छ जो मानिसहरूलाई आफ्ना विचारहरूमा विश्वास दिलाउन सफल हुन्छ । न कि उसलाई जसले सबैभन्दा पहिले विचार ल्याएको थियो । जेनरले भेरिओलेसन (या भ्याक्सिनेसन) लाई सफल मात्र गरेनन् अपेक्षाकृत रूपमा सहज र सुरक्षित तरिकाको पनि विकास गरे । जसका कारण दुनियाँलाई त्यो बिमारीबाट बचाए जसले आजसम्मको मानव इतिहासमा सबैभन्दा धेरै मानिसको ज्यान लियो । र, कयौँलाई अपाङ्ग बनायो ।
- मञ्चमा एक जगजीत ती पनि थिए जो केबल चित्राको थिए
स्मल पोक्स (चेचक) सँग जोडिएका केही तथ्यांक हेरौँ । बचाउका विधिहरू मिलेपछि पनि २०औँ शताब्दीमा यो बिमारीका कारण दुनिया भरका ३० करोड मानिसको मृत्यु भएको अनुमान छ । यो रोग निर्मूल हुनुभन्दा पहिलेको १०० सालमा यो रोगले ५० करोड मानिसको ज्यान लिएको थियो । त्यसभन्दा अगाडीको कुनै स्पष्ट जानकारी उपलब्ध छैन । तर, ऐतिहासिक दस्तावेजमा भने यसको भयावह अवस्थाका बारेमा चित्रण गरिएको पाइन्छ ।
अञ्जली मिश्राले तयार पारेको यो सामग्री सत्याग्रह डटकमबाट साभार गरिएको हो ।