काठमाडौं । खुसी रहन खोज्नु र त्यसका लागि प्रयास गर्नु मानिसको जन्मजात स्वभाव हो । सामान्यतया बालबालिकाहरू बढी खुसी देखिन्छन् । तर, त्यही बालबालिका जब वयस्क बन्दै जान्छ तब उसको खुसीहरू पनि हराउँदै जान्छन् ? आखिर यस्तो किन हुन्छ ?
कतिपय मान्छेहरू वयस्क हुँदै जाँदा खुसी हराउँदै जान्छ । तर, सबैको हकमा भने यो लागू हुँदैन । कतिपय व्यक्तिहरू भने वयस्क हुँदा पनि खुसी रहने आदत जोगाउन सक्षम हुन्छन् र जीवनभर खुसी रहन्छन् ।
तर, यस्ता व्यक्तिलाई पनि जीवनमा कुनै पनि कुराको चिन्ता नै नहुने भन्ने होइन । यीनीहरू पनि जीवनमा दुःखी हुन सक्छन् । तर, फरक के हो भने यस्ता व्यक्तिहरू जीवनमा व्यर्थका कुरामा चिन्ता लिएर भने बस्दैनन् । अक्सर मुस्कुराइरहेका हुन्छन् ।
आखिर के कारणले उनीहरू यति खुसी देखिन्छन् ? आज हामी त्यसैका बारेमा चर्चा गर्नेछौँ । सामान्यतया जीवनमा खुसी देखिनेहरूका विभिन्न आदतहरू हुन्छन् । त्यसमध्ये केहीलाई यहाँ प्रस्तुत गरिएको छ ।
- नराम्रो कुराको होइन राम्रो कुराको खोजी गर्नु
मानवीय स्वभावका कारण अक्सर मान्छेहरू नकारात्मक कुराहरूलाई छिटो ग्रहण गर्दछन् । अधिकांश मानिसहरू अर्काको असफलता, दुःख, अरुले पाएको हैरानीमा खुसी हुन्छन् । तर, सकारात्मक कुराहरूतर्फ उनीहरूको ध्यान गएको हुँदैन ।
तर, खुसी रहने व्यक्तिहरू भने हरेक चिजमा सकारात्मक पक्ष देख्छन् । जसले उनीहरूलाई खुसी बनाउन मद्दत गर्छ । यही सकारात्मक मानवीय स्वभाव भएका व्यक्तिहरू जीवनमा खुसी रहन्छन् ।
- माफी दिन र माफी माग्न जान्नु
आफ्नो इगोका कारण पनि मानिसहरू जीवनमा खुसी रहन नसकिरहेका हुन्छन् । कुनै गल्ती भएको जानकारी आफूले पाए पनि इगोका कारण कतिपय मानिसहरू माफी माग्न हिचकिचाउँछन् । तर, खुसी रहनेहरू भने न माफी माग्न लाज मान्छन् न माफी दिन ।
उनीहरू माफी मागेर आफूले गरेको गल्तिलाई किनारा लगाइदिन्छन् भने माफी दिएर अरूले गरेको गल्तीबाट उसलाई छुटकारा दिलाउँछन् । उनीहरू सानोतिनो विषयलाई लिएर त्यसैलाई सोचेर पछुताएर भने बस्दैनन् । उनीहरू अरूलाई मात्र नभएर आफैँलाई पनि माफी दिन जान्दछन् ।
जीवनमा कुनै पनि मानिस आफ्ना सम्पूर्ण आवश्यकतारू आफू एक्लैले पूरा गर्न सक्दैन । तसर्थ उसलाई आफ्नो जीवनमा अरुको साथ लिन आवश्यक हुन्छ भने अरुलाई पनि साथ दिन उ तयार हुनुपर्छ । जीवनमा खुसी देखिनेहरू कसैको साथ दिन र कसैबाट साथ लिन हिचकिचाउँदैनन् ।
त्यस्तै परिवारका सदस्यहरूसँग मिलिजुली बस्ने र उनीहरूको सुखदुःखमा साथ दिने उनीहरूको स्वभाव हुन्छ । यही कारण जीवनमा खुसीका लागि कसैको सहयोग लिन र कसैलाई चाहिएको बेला सहयोगी बन्नु आवश्यक छ ।
- मन लागेको काम गर्नु या गरेको काममा मन लगाउनु
जीवनमा सफल भएकाहरू त्यही काम गर्छन् जसमा उनीहरूको मन लाग्छ । या जे काम गरिरहेका हुन्छन् त्यसैमा आफ्नो मन लगाउँछन् । यसर्थ खुसी हुनका लागि आफूले गरिरहेको काममा जिम्मेवारी र ध्यानपूर्वक लाग्न जरुरी छ ।
त्यसैले जीवनमा आफूले मन पराएको काम गर्नु या गरेको काम मन पराउनु खुसी रहनका लागि एक महत्त्वपूर्ण सर्त हो । त्यसैले तपाईंले यात आफूले गरिरहेको काममा इन्जोय गर्नुपर्छ या आफूले इन्जोय गर्न सक्ने कामको खोजी गर्नुपर्छ ।
सिफारिस